२२ मंसिर २०८२, सोमबार

नेपाली सेनाले लुम्बिनी प्रदेशमा सैनिक महाविद्यालय र फिल्ड अस्पताल सञ्चालन गर्ने

प्रकाशित मिति :  11 September, 2021 11:24 am


काठमाडौं । नेपाली सेनालेले लुम्बिनी प्रदेशमा सैनिक महाविद्यालय स्थापना गर्ने भएको छ ।

शैक्षिक सत्र २०८० देखि सञ्चालन हुने गरि सेनाले उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गर्ने भएको हो । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले सकल दर्जाहरुलाई सम्बोधन गर्ने क्रममा लुम्बिनीइ प्रदेशमा सैनिक महाविद्यालय खोज्ने बताएका हुन् ।

सैनिक मुख्यालयमा सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल पनि स्थापना गर्ने जानकारी  दिए । उनले भने,“स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालन गरिनेछ ।”

सेनापति शर्माले भदौ २४ गतेदेखि जिम्मेवारी सम्हालेका हुन् । कार्यभार सम्हालेपछि हिजो सकल दर्ताहरूलाई सम्बोधन गर्दै आफ्नो योजना सुनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !