२२ मंसिर २०८२, सोमबार

संखुवासभा हत्या प्रकरण : एक जना आरोपी पक्राउ

प्रकाशित मिति :  11 September, 2021 11:34 am


संखुवासभा । संखुवासभा हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादी-१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

उनी हत्या गरिएका तेजबहादुर कार्कीका भतिजा हुन् । कार्कीलाई आजै पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आामा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो।

घटनाको अनुसन्धानमा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीसहितको टोली घटनास्थलमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !