काठमाडौंमा आँखा अस्पतालमा बम राखि फिरौती माग्ने रोल्पाका १ जनासहित ३ व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पतालमा बम राखेर फिरौती माग्ने ३ जना पक्राउ परेका छन् ।
महानगरी प्रहरी परिसरको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ का आशिष कुँवर,अभिषेक कुवँर र रोल्पा परिवर्तन गाउँपालिका वडा नं. १ का अम्मर बहादुर रोक्का मगरलाई पक्राउ गरेको हो ।
अशिष र अभिषेक साहोदर दाजुभाइ हुन् । भदौ २४ गते आशिष कुँवरले पटक पटक फोन गरी अस्पताल र घर समेतमा बम राखी पड्काई अस्पताल र घर परिवार समेतलाई ध्वस्त पारी दिन्छौं भनि धम्काउदै ३ करोड रुपैयाँ माग गरेको प्रहरीको भनाई छ । कुवँरले अस्पताल र घर परिवार सुरक्षित राख्ने भए करोड तयार गरी नागढूङ्गामा लिई आउन भनेका थिए ।
आँखा अस्पतालमा राखिएको बम जस्तो बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । पक्राउ परेको तीनै जनालाई अपराधिक लाभ मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।








