१७ बैशाख २०८१, सोमबार

लमजुङमा ५ वर्षमा १३१ बालबालिका हराए

प्रकाशित मिति :  14 September, 2021 11:46 am


लमजुङ । ,आर्थिक वर्ष २०७३र७४ देखि २०७७र७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।
जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए । गत एक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।रासस



प्रतिक्रिया दिनुहोस !