पूर्वी नवलपरासीमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु,२४ जना घाइते
नवलपरासी पूर्व । पूर्वी नवलपरासीमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका १० स्मृति पुलमा नजिकै बस र ट्रक आज बिहान एक आपसमा ठोक्किएका हो ।
काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक दुर्घटनामा परेका थिए ।
मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका—८ निवासी ७० बर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० बर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारी निवासी ३५ को कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । मृतक सबै बसका यात्रु हुन् ।
दुर्घटनामा परी ट्रक चालक १ जना र बाँकी बस चालक सहित बसमा सवार रहेका घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना विहान ४ बजेतिर भएको हो । घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।








