२६ बैशाख २०८१, बुधबार

बाघको आतंकका कारण बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक

प्रकाशित मिति :  14 September, 2021 12:13 pm


बाँके । बाँके राष्ट्रिय निकुञ्जकाे राजमार्ग क्षेत्रमा पाटेबाघको चहलपहल बढ्दै गएपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ ।

राजमार्गमै पाटेबाघले मान्छे मार्न थालेपछी त्यहाँका स्थानीयबासी, पैदल, मोटरसाइकल र साइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्  ।

निकुञ्जको कोहलपुर–शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके जिल्ला प्रशासनले कार्यलयले जनाएको छ ।

निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार अन्य समयमा पनि यात्रा गर्दा सुरक्षित भइ यात्रा गर्न भनिएको छ ।

बाघ बस्तीमा पस्न सक्ने र आक्रमणको जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !