प्रतिनिधि सभा सदस्य पाण्डे र भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने
प्रकाशित मिति : 14 September, 2021 4:04 pm
काठमाडौं । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा समाजवादीमा जान पाउने भएका छन् ।
पाण्डे र भट्टले नेकपा समाजवादीमा सनाखत गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमाथिको सुनुवाई गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।









