९ आश्विन २०७८, शनिबार

‘चार वर्षदेखि चाडपर्वमा चिनीको आपूर्ति असहज,अर्थ मन्त्रालयका अधिकारी झुट बोल्दै छन्’

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार ०८:२०


काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चलेले दशैं तिहारका बेला चिनी आपूर्तिको व्यवस्था सहज गर्न माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै बिगत चारवर्षदेखि आपूर्ति व्यवस्थामा असहजता आई रहेको दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको स्मरण गराउँदै समस्या झनै जटिल बन्दै गएको मञ्चको भनाई छ ।

बजारमा चिनीको अभावले अहिले चिनीको बजार मूल्य प्रति किलो १०० रुपैयां पुगिसकेको भन्दै साल्ट ट््रेडिंग कर्पोरेशन लि. संग ३०० मेट्रिक टन र निजी क्षेत्रसंग ६५०० मेट्रक टन चिनी मात्र मौज्दातमा रहेको बुझिएको मञ्जले उल्लेख गरेको छ ।

चाडपर्वको बेलामा नेपालमा प्रति महिना ३० हजार मेट्रिक टन चिनी खपत हुने बाणिज्य बिभागको आंकलन रहेको छ । मञ्चले,‘यस्तो अवस्थामा बजारमा चिनीको ठूलो हाहाकार मच्चिने प्रवल सम्भावना रहँदारहंदै अर्थ मन्त्रालयका जिम्मेवार उच्चपदस्थ पदाधिकारीहरु बजारमा प्रति किलो ७२ रुपैयांमा चिनी उपलव्ध भई, निजी क्षेत्रबाट चिनीको पर्याप्त आयात भई रहेकोले चिनीको अभाव हुनु पर्ने कुनै कारण नभएको’ भन्ने भनाइ प्रति आपत्ति जनाएको छ ।

मञ्चले भनेको छ,“सरकारको नीति तथा सिध्दान्त र जनता समक्ष गरेको प्रतिबध्दतालाइ धज्जी उडाउदै जनतालाइ महंगो मूल्यमा चिनी खरिद गर्नु पर्ने बाध्यता सिर्जना गरी व्यवसायीहरूको दवावमा काम गर्ने अर्थ मन्त्रालयको जिम्मेवार पदाधिकारीहरु माथि आवश्यक छानविन गरी कारवाही गरी पाउनको साथै बजारमा चिनीको सहज आपूर्ति व्यवस्थापन गरी नेपाली मात्र महान पर्वहरू सहज रुपमा खुसीका साथ मनाउने अवसर दिलाइ पाउन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष मांग गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !