२२ बैशाख २०८१, शनिबार

मंगलबार स्थिर रहेको सुन उकालो लाग्यो

प्रकाशित मिति :  15 September, 2021 11:40 am


काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । मगंलबार स्थिर रहेको छापावाला सुनको मूल्य बुधबार प्रतितोला ६ सयले बढेर तोलाको ९१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम रहेको छ ।

आज बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य सोमबार देखि स्थिर रही प्रतितोला १२ सयमा कारोबार भएको महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !