६ जेष्ठ २०८१, आइतबार

आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा

प्रकाशित मिति :  17 September, 2021 10:57 am


काठमाडाैं । सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

दसैं, तिहार, छठजस्ता पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हाे । सञ्चालनमा  रहेका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ।

सुपथ मूल्यका पसलमा अन्य पसलमा भन्दा कम मूल्यमा सामान खरिद गर्न सकिनेछ। पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी २ रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाइनेछ ।

दुग्ध विकाश संस्थाबाट बिक्री वितरण हुने दुध, ध्यू, पनिर जस्ता दुग्धजन्य पदार्थमा संस्थाले तोकेबमोजिमको छुटको व्यवस्था गरिएको छ । चिनी, नुन, दाल,फाफर, चामल, खसी, बोका, घ्यू, पनिर जस्ता सामान सुपथ मूल्यका पसलबाट खरिद गर्न सकिनेछ।

देशभर ३९ स्थानमा सुपथ मूल्यका पसल रहनेछन् । पसलहरु कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ।

 

 



प्रतिक्रिया दिनुहोस !