१ जेष्ठ २०८१, मंगलबार

कांग्रेस प्रवक्ता शर्माको प्रस्ताव : एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री,चारपटक सांसद

प्रकाशित मिति :  19 September, 2021 2:55 pm


झापा । आगामी महाधिवेशनमा महामन्त्री पदमा उमेद्वारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शासकीय प्रणालीको भन्दा शासन संस्कार पद्धतिको बहस गर्नुपर्नेमा जोड दिएका छन् ।

झापाको विर्तामोडमा भएको कार्यक्रममा आफ्नो अवधारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले अब आफ्नो पुस्तालाई वान, टु, थ्रि, फोर, शासकीय प्रणालीको बहसलाई ‘शासन संस्कार पद्धति’ तर्फ मोड्न प्रस्ताव गरेका छन् ।

अर्थात अब एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथको अवधारणा प्रस्ताव गरेका हुन् ।
आफ्नो अवधारणा पत्रमा शर्माले भनेका छन्,“यसलाई व्यवहारमा अनुसरण गर्न संभव हुंदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ ।”

‘हिजो राजनैतिक परिवर्तन,अब राजनीतिमा परिवर्तन’ शर्माको प्रस्ताव छ । शर्माले आजको राजनैतिक व्यवस्था ठिक छ अव्यवस्था अन्त्य गरौं भनेका छन् ।

राजनैतिक शासन प्रणाली कस्तो हुनु उचित भन्ने द्वन्द्वमा नेपाल देशलाई अन्त्यहिन श्रृङलामा अब धकेल्न नहुने भन्दै लोकतान्त्रिक प्रणालीको बाटोबाट दुनियाँमा अनेक मुलुकले समृद्धि र जनताको हासिल गरेको उल्लेख गर्दै भनेका छन्,“व्यवस्था भित्रको अब्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्छ ।”

अभ्यास बहुदलीय भएपनि निर्दलीय शैलीको व्यक्ति केन्द्रित मनोविज्ञान अझै हाबी रहेको शर्माको भनाई छ । उनले भनेका छन्,“लोकतान्त्रिक संस्थाहरू चाहे राजनैतिक दल हुन या सरकारहरू या दलहरूका भातृ संस्थाहरु या लोकतन्त्रमा विश्वास गर्ने अनेक संस्था प्रायको लोकतान्त्रिकरण र आधुनिकीकरण भरोसायुक्त ढंगले हुन सकेको छैन ।”

राजनीतिप्रति भरोसा जागृत हुन लोकतान्त्रिक संस्थाहरूको संस्थागत शक्तिको विकासले योगदान पु¥याउने शर्माले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !