१ जेष्ठ २०८१, मंगलबार

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात

प्रकाशित मिति :  20 September, 2021 12:44 pm


रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ ।

बुटवल उपमहानगरपालिका–६ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा मेयर सुवेदीमाथि एक युवाले मुक्का प्रहार गरेका हुन् ।

सुवेदी विहान पहिरो अवलोकन गर्न पुगेका थिए । तर आक्रोशित युवाहरूमध्य एक जनाले सुवेदीमाथी मुक्का हानेका थिए । नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए ।

लगातारको वर्षाले भदौको चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् । तर स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको आक्रोश व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !