१ जेष्ठ २०८१, मंगलबार

दाङको वन उपभोक्ता समितिका तत्कालिन अध्यक्षसहित ३ जना विरुद्व भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  20 September, 2021 4:28 pm


काठमाडौं । दाङको सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालिन अध्यक्ष दिपक घर्तीसहित ३ जना विरुद्व भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अध्यक्ष घर्ती,कोषाअध्यक्ष पूर्णबहादुर घर्ती र सचिव निमा चौधरी विरुद्व लाख रुपैयाँ भन्दा बढी बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो ।

अध्यक्ष घर्तीसहित तीन जनाले विधान विपरीत बाटो निर्माण,कुलो,चर्पी निर्माण, होटल बाँस,खाना नास्ता लगायत सम्पूर्ण कार्यक्रमहरूको खर्च विवरण तथा बिल भरपाई समेत नदेखाई बदनियतपूर्ण ढंगले ४ लाख ५२ हजार २ सय ६५ खर्च देखाई सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !