२५ बैशाख २०८१, मंगलबार

रियलमीको नयाँ फोन नेपाली बजारमा

प्रकाशित मिति :  20 September, 2021 6:01 pm


काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रीयलमीले नेपाली बजारमा ४ ओटा नयाँ उत्पादनहरु लिएर आएको छ । रियलमी सी ११ २०२१, रियलमी सी २०, रीयलमी सी २१, रियलमी ८ रहेको छ ।

रियलमी सी २०, सी २१ र सी ११ २०२१ को डिस्प्ले ६.५ इन्च रहेको छ । सी २१ मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज सहित तिन ओटा क्यामेरा रहेका छन् ।

रियलमी ८ मा फास्ट इन डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर सहित ६.४ सुपर अमोलेड फुल स्क्रिन डिस्प्ले रहेको छ ।
६ जीबी+५ जीबी र्याम र १२८ जीबीको स्टोरेज रहेको छ । क्वाड क्यामेरा सहित रियलमी ८ मा ३० वाट डार्ट चार्जिङले फोनलाई ६५ मिनेटमा फुल चार्ज गराइदिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !