९ जेष्ठ २०७९, सोमबार

ढिस्कोमा पुरिएर कुवेतमा चार नेपाली कामदारको मृत्यु

प्रकाशित मिति :  13 February, 2020 3:09 pm


फागुन १, काठमाडौँ ।
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।

अरब टाइम्सका अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ ।

यस घटनामा अन्य ३ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जहरा अस्पतालमा लगिएको कुवेती अधिकारीले जनाएका छन् । ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको उनीहरुले जनाएका छन् ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा कामदारमाथी एक्कासि बालुवा र ढुंगा खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !