१ जेष्ठ २०८१, मंगलबार

कोरोना संक्रमण दोहोरो अंक नजिक रहेको भन्दै सचेत रहन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको आग्रह

प्रकाशित मिति :  21 September, 2021 1:50 pm


काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण दोहोरो अंक नजिक रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै श्रेष्ठले चाडपर्वहरू नजिकिदै गएकाले आवागमनमा विशेष सतर्कता अपनाउन भनेका छन् । उनले भनेका छन्,“चाडपर्वहरू नजिकिदैं छन् ।

आवागमनमा विशेष सतर्कता अपनाउनुहोला। स्वास्थ्य मापदण्डको पालना जारी राखौं। कोभिड(१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएको हो, यद्यपि संक्रमणदर दोहोरो अंक नजिक नै छ।”

निपाह भाइरससँग जोगिनपनि कोभिड-१९ कै जस्तो स्वास्थ्य मापदण्ड अनुशासित ढंगले पालना गर्न आग्रह गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण केही कम भएको छ भने निषेधाज्ञापनि खुकुलो हुँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस !