१३ बैशाख २०८१, बिहिबार

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षद्वारा दुहँका बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

प्रकाशित मिति :  21 September, 2021 3:03 pm


काठमाडौं । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले बाढीपीडितलाई खाद्य सामाग्री सहयोग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष जोशीले दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई खलंगा सदरमुकाममा खाद्य सामग्री उपलब्ध गराएको दुहुँ गाउँपालिका राहत संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमले जानकारी दिए ।

ग्वाल्लेक ग्रुप प्रा.लि.का अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष जोशीले गत भदौ १३ गते राती भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।

बरिष्ठ उपाध्यक्ष जोशीले बाढी पहिरो पिडितका लागी ९ क्विण्टल चामल, ७५ किलोग्राम दाल, १ सय २० गोटा साबुन, १ सय प्याकेट १ किलोग्राम लागुधुने सोडा र ५ सय थान मास्क प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको रोहवरमा दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी अधिकृत भूपेन्द्र सिंह बडाललाई उपलब्ध गराएका थिए ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं नेपाली कांग्रेस दार्चुलाका नेता गणेश दत्त भट्टको विषेश पहलमा उपाध्यक्ष जोशीले बाढी पहिरो पिडितका लागी आवश्यक पर्ने खाद्य सामग्री सहयोग गरेका हुन् ।

बाढी पहिरो पिडितका लागी उपलब्ध खाद्यन्न सामग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशीले आपत विपद परेको बेला सहयोग गर्ने बरिष्ठ उपाध्यक्ष जोशीलाई विषेश धन्यबाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !