२३ बैशाख २०८१, आइतबार

मैलुङ खोलाको आईपीओ नेप्सेमा सुचिकृत, भोलि कतिमा हुन्छ पहिलो कारोबार ?

प्रकाशित मिति :  21 September, 2021 5:16 pm


काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर आइपीओ नेप्सेमा सुचिकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर सुचिकृत भएको हो ।

नेप्सेले धितोपत्र दोस्रो बजारमा उक्त कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज प्रतिसेयर न्यूनतम ९५ रुपैयाँ ७५ पैसा देखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म प्रदान गरेको छ ।

दोस्रो बजारमा सेयर कारोबारका लागि कम्पनीलाई नेप्सेले (एमकेजेसी) सिम्बोल दिएको छ ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

जसमध्ये ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए भने १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !