१६ आश्विन २०७९, आइतबार

मालीमा भएको आक्रमणमा ४० जनाको मृत्यु

प्रकाशित मिति :  15 February, 2020 7:54 pm


एजेन्सी, ३ फागुन। मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ । ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो ।

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो । सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !