१५ बैशाख २०८१, शनिबार

आइएसद्धारा सिरियामा १० जनाको हत्या

प्रकाशित मिति :  3 December, 2021 12:49 pm


A civil defense member hoses down a bus at the site of a roadside bomb attack in central Damascus, Syria, in this handout released by SANA October 20, 2021. SANA/Handout via REUTERS

ऐजेन्सी । आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् ।

उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए ।

सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ ।

सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आइएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !