१७ बैशाख २०८१, सोमबार

जापानमा भारी हिमपातका कारण उडान रद्द

प्रकाशित मिति :  26 December, 2021 2:58 pm


काठमाडौं । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् । देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ ।

सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दैछ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुनसक्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !