६ जेष्ठ २०८१, आइतबार

एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

प्रकाशित मिति :  12 January, 2022 4:59 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएकोमा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित ३ हजार ७५ मध्ये पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २७८ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन्।

हाल नेपालमा १२ हजार ३ सय १७ जना संक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !