५ माघ २०७८, बुधबार

देशभर ३,५५३ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १६:२९


काठमाडौं । देशभर ३५५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार २४ घण्टाभित्र १५,०८१ जनामा परीक्षण गर्दा ३,५५३ जनामा कोरोना भेटिएको हो । यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४,३४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल कोरोना निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !