५ माघ २०७८, बुधबार

गर्भावस्थामा कोभिड समात्दा जन्मिने शिशु प्रायः अस्वस्थ्य

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १६:२९


काठमाडौं । गर्भावस्थामा कोभिड समात्दा जन्मिने शिशु प्रायजसो समस्या लिएर जन्मिने गरेको पाइएको छ ।

यस्ता शिशुहरु जन्मिदा औसत आकार भन्दा सानो, तौल कम हुने जस्ता समस्या हुने गरेको पाइएको एक अध्ययनले जनाएकोछ ।

सिआटलस्थित इन्स्टिच्युट फर सिस्टम्स बायोलोजीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनबाट यस्तो नतिजा सार्वजनिक भएको हो ।

सन् २०२०मार्चदेखि जुलाई २०२१सम्म अमेरिकामा जन्मिएका शिशुहरुका १८ हजार आमाको स्वास्थ्य रेकर्डको अध्ययनबाट यो नतिजा प्राप्त भएको हो ।

यी महिलाहरु मध्ये ८८० जना महिला गर्भावस्था भएका बेला कोरोना पोजिटिभ रहेकी थिइन् । ती महिला र अन्य गर्भधारण गरेकी तर कोभिड संक्रमति नभएकी महिलाका शिशुहरुको तुलनात्मक अध्ययनबाट यो परिणाम खुलेको हो ।

यो अध्ययन स्वास्थ्यसम्बन्धी प्रतिष्ठित जनरनल ल्यानसेटको डिटिल पोर्टलमा सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस !