५ माघ २०७८, बुधबार

बढ्यो कोरोना संक्रमणको दर, देशभर २४ घण्टामा ५०८७ जना संक्रमित थपिए

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १६:३४


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०८७ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोभिड १९को संक्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !