१७ बैशाख २०८१, सोमबार

माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  16 January, 2022 4:08 pm


काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि भीडभाड हुने क्षेत्रको बारेमा कोभिड प्रोटोकल जारी गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयले माघ १५ गतेसम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !