२ जेष्ठ २०८१, बुधबार

कमेडी च्याम्पियनका ‘खबपू’लाई आफ्नो गाउँ जेलवाङमा भव्य स्वागत

प्रकाशित मिति :  2 March, 2020 7:00 pm


रोल्पा, १९ फागुन । टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्न सफल खड्गबहादुर पुन मगर ‘खबपू’लाई उनको गाउँ जेलवाङमा भव्य स्वागत गरिएको छ ।

फाइनलको लागि भोट माग्न गृहजिल्ला पुगेका ‘खबपू’ आज आफ्नो घर जेलवाङ पुगेका हुन् । जेलवाङमा स्थानीयले पुनलाई बाजागाजासहित भब्य स्वागत गरेका छन् ।

कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा प्रवेश गरेपछि भोट माग्न खबपू गृहजिल्ला लगायत आसपासका केही जिल्लाको भ्रमणमा छन् ।

यसअघि रोल्पा नगरपालिका लिवाङ र सुनिलस्मृति गाउँपालिकका सुलिचौर र माडि गाउँपालिकामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुतिसंगै भोट अपिल समेत गरेका थिए ।

पुनले फागुन २० गते रोल्पाकै सुनछहरी गाउँपालिकामा, फागुन २१ गते प्युठानमा र फागुन २२ गते बुटवलमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ । यस्तै फागुन २३ गते पाल्पामा, फागुन २४ गते पोखरामा र फागुन २५ गते काठमाडौँमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ । फोटो : दया बुढामगरको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !