१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ११ हजार ३५२ जनामा  कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

प्रकाशित मिति :  19 January, 2022 5:04 pm


काठमाडौं । देशभर थप ११ हजार तीन सय ५२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार २३ हजार चार सय नौ जनामा परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एकदिनमा पुष्टि भएको हालसम्मकै उच्च हो ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार नौ सय २९पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार जनाले कोरोना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !