५ जेष्ठ २०८१, शनिबार

उपत्यकामा २,९४० सहित देशभर ६,८२७ कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रकाशित मिति :  28 January, 2022 4:43 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड)१९० को संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छ भने अहिले सम्म कोरोना संक्रमितको कुल संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !