५ जेष्ठ २०८१, शनिबार

कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै

प्रकाशित मिति :  29 January, 2022 5:05 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर पछिल्लो २४ घण्टामा १४,५६५ जनाको परीक्षण गर्दा ४,९०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने निको हुनेको संख्या ५,९२४ रहेको छ ।

यससँगै अब सक्रिय संक्रमितको संख्या ८७,३२९ रहेको छ । त्यस्तै थप ६ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !