५ जेष्ठ २०८१, शनिबार

३,५४० जना कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

प्रकाशित मिति :  30 January, 2022 5:13 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,५४० जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको हो ।

यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !