२१ बैशाख २०८१, शुक्रबार

तीनै सरकारबीच समन्वय हुनुपर्छ: मुख्यमन्त्री भट्ट

प्रकाशित मिति :  5 March, 2020 9:25 pm


अत्तरिया, २२ फागुन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आज धनगढीमा आयोजित विकास र समृद्धिअन्तर्गत समन्वय विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले तीनवटै सरकारबीच समन्वय नहुँदा एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री भट्टले तीनवटै तहका सरकारबीच समन्वय भए बजेट विनियोजनमा एकरुपता हुने बताउनुभयो । उहाँले तीनवटै सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा ढिलाइ भइरहेको बताउँदै भन्नुभयो, ‘‘सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा एक अर्काबीच दोषारोण गर्ने प्रवृत्ति बढेको छ, यो प्रवृत्ति हटाउन समन्वयको गर्न जरुरी छ ।” सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !