६ जेष्ठ २०८१, आइतबार

चीनमा रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

प्रकाशित मिति :  14 March, 2022 12:30 pm


सांकेतिक फाेटाे

काठमाडौं । चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको चीनको समाचार संस्थासिन्ह्वाले जनाएको छ ।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !