२० बैशाख २०८१, बिहिबार

बालबालिकालाई चैत २५ देखि टाइफाइड विरुद्धको खोप लगाइने

प्रकाशित मिति :  28 March, 2022 1:17 pm


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ ।

यस अभियान पश्चात देखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने प्रवक्ता डा. अधिकारीले बताए। रासस



प्रतिक्रिया दिनुहोस !