२३ बैशाख २०८१, आइतबार

राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

प्रकाशित मिति :  15 April, 2022 11:46 am


तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।”

अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए। कुनै समय शैय्या भरिभराउ हुन्थे । शैय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।

अस्पताल ६० शैय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । “ कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ”, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस !