६ जेष्ठ २०८१, आइतबार

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

प्रकाशित मिति :  24 April, 2022 12:28 pm


ऐजेन्सी । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ ।

इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको बताएका छन्। त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ । उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस !