१२ श्रावण २०८१, शनिबार

भारतमा कोरोना भाईरसबाट संक्रमितको संख्या २ सय ५८ पुग्यो

प्रकाशित मिति :  21 March, 2020 11:14 am


एजेन्सी,८ चैत ।भारतमा कोरोना भाईरसबाट संक्रमित हुँनेको संख्या २ सय ५८ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ३९ विदेशी नागरिकसहित २ सय ५८ जनामा कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामले जनाएका मछन् ।

भारतीय समाचार एजेन्सी एएनआई ले स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयलाई उदृढ गर्दै भारतमा अहिलेसम्म २२ राज्यमा फैलिएको छ । दिल्ली, कर्नाटक, पञ्जाब र महाराष्ट्र प्रदेशमा एक—एक जनाको मृत्यु भएको छ ।

चिनबाट फैलिएको कोरोना भाईरसले अहिलेसम्म ११ हजार जनाको मृत्यु भईसकेको छ । यसबाट इटली नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामामात्रै ६ सय २७ जनाको ज्यान गएको छ । १ सय ६८ देशमा फैलिएको कोरोना भाईरसबाट अढाईलाख मानिसहरु संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !