७ बैशाख २०८१, शुक्रबार

रहिनन् स्वर्ण विजेता खेलाडी सन्जु

प्रकाशित मिति :  10 May, 2022 1:58 pm


काठमाडाैं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताउनुभयो । उहाँका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए ।

खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएका थिए। १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएका चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ अाएका थिए ।

बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३आँै सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्र । उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । –––



प्रतिक्रिया दिनुहोस !