६ जेष्ठ २०८१, आइतबार

युक्रेनमा रहेको रुसको सम्पत्ति युक्रेनले जफत गर्ने

प्रकाशित मिति :  11 May, 2022 4:09 pm


काठमाडौं । युक्रेनमा रहेको रुसको सम्पत्ति युक्रेनले जफत गर्ने । युक्रेनको सरकारले सो कुरा जनाएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् ।

उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए। प्रधानमन्त्री सामहालले भने, ‘अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्।’

मंगलबार युक्रेनकोको मन्त्रिपरिषद बैठकले सो कानुन बनाएको छ ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानुन बनाएको उनले बताए । युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !