५ जेष्ठ २०८१, शनिबार

आज विश्व खाद्य स्वच्छता दिवस, विभागको नेतृत्वमा नेपालमा पनि मनाइदै

प्रकाशित मिति :  7 June, 2022 8:56 am


काठमाडौं । आज जुन ७ अर्थात् विश्व खाद्य स्वच्छता दिवस । विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइदै गरेको यो दिवस नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा देशभर मनाइदैछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको विभाग र देशभर रहेका विभागका कार्यालयहरुको नेतृत्व तथा सरोकारवालासँगको सहकार्यमा सप्ताहव्यापी रुपमा दिवस मनाइएको छ ।

“हामीले दिवसलाई एक दिन मात्र हैन सप्ताहव्यापी रुपमा मनाउँदै आएका छौं, सप्ताहव्यापी कार्यक्रम समापनसँगै आज मूल कार्यक्रम हुँदैछ,” विभागकी महानिर्देशक मतिना वैद्य जोशीले भनिन्, “नेपालमा खाद्य स्वच्छता बारे जनचेतना जगाउन हामीले सप्ताहव्यापी रुपमा दिवस मनाउदै आएका हौं ।”

यो वर्षको खाद्य स्वच्छता दिवसको नारा ‘स्वच्छ सन्तुलीत आहार, स्वस्थ जीवनको आधार’ रहेको छ ।

विभागको प्रेस वक्त्व्यः



प्रतिक्रिया दिनुहोस !