सुनिलस्मृति गाउँपालिकाले गजुलकोट र खुङ्ग्रीकोट दरबारलाई पुरानै स्वरुपमा फर्काउने
काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले गजुलकोट र खुङ्ग्रीकोट दरबारलाई पुरानै स्वरुपमा फर्काएर पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने गर्ने भएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले गजुलकोट र खुङ्ग्रीकोट दरबारलाई पुरातात्विक विभागसंगको समन्वयमा उत्खनन गरि पुरानै स्वरुपमा फर्काएर पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने बताए ।
साथै तेवाङको लिस्नेलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने र खुङ्ग्री चतुर्भुज देवी मन्दिरलाई धार्मिक मन्दिरको रुपमा विकास गरिने बताए ।
स्थानीय मौलिक एवं प्राचीन बास्तुकला प्रवद्धन गर्न स्थानीय निर्माण सामाग्री प्रयोग गरी सुरक्षित घर निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्नुका साथै गाउँपालिका भित्रको संस्कृति झल्किने गरी विभिन्न जातजाति तथा भेषभुषा समेट्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।








