५ जेष्ठ २०८१, शनिबार

पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइयो, मंगलबार अन्त्येष्टि गरिने

प्रकाशित मिति :  9 July, 2022 8:14 pm


टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उहाँको गृहनगर टोकियो ल्याइपुर्‍याइएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उहाँमाथि गोली हानी हत्या गरिएको थियो । गोली लागि घाइते लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा ल्याइपुर्‍याइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उहाँको मृत्यु भएको घोषणा गरिएको थियो । 

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोकियो आउनुभएको अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो । 

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई भेटी समवेदना अर्पण गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या को प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ । 

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गरेका छन् । साथै, उनीहरुले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवङ्गत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन् । 

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भनेका थिए । किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाह नभएको पनि उक्त सम्बोधनमा बताएका थिए । साथै, उहाँले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभाबका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध गरेका थिए । रासस

Community Verified icon



प्रतिक्रिया दिनुहोस !