१३ बैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री खड्का आगामी मंगलबार चीन भ्रमणमा जाने

प्रकाशित मिति :  5 August, 2022 1:01 pm


काठमाडौं । परराष्ट्रमन्त्री डा।नारायण खड्का आगामी मंगलबार (साउन २४ गते) चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा मन्त्री खड्का साउन २४ गतेदेखि २६ गतेसम्म तीन दिने भ्रमणका लागि चीन जान लागेका हुन ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुने मन्त्रालयले जनाएको छ । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।

मन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङले आयोजना गरेको रात्रिभोजमा सहभागि हुनेछन् । २६ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !