२४ बैशाख २०८१, सोमबार

मेडिकलजन्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज चीन उड्यो

प्रकाशित मिति :  28 March, 2020 2:10 pm


काठमाण्डौं, १५ चैत ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाज चीन उडेको   छ ।

स्वास्थ्यमन्त्रालयको माग अनुसारका सामाग्री ल्याउन नेपाल एअरलाईन्सको आरए ४१७१ जहाज साढे १२ बजे चीनको ग्वान्जाओका लागि उडेको हो । जहाज आज राति १ बजेतिर नेपाल आईपुग्ने पर्यटनमन्त्री योगेश भट्टराईले जनाएका छन् । जहाजमा झण्डै करिब ३० टन मेडिकल सामग्री हुने छ ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पीपीइ लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !