१२ श्रावण २०८१, शनिबार

नेपाल-भारत सीमा क्षेत्र सुनौलीमा झण्डै तीन सय नेपाली अलपत्र,केन्द्रको आदेश पर्खदै प्रशासन

प्रकाशित मिति :  31 March, 2020 1:00 pm


रुपन्देही, १८ चैत ।

भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोज्दा ३० घण्टादेखि सुनौली नाकाको दशगजा क्षेत्रमा अलपत्र परेका छन्।

नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्फ आउन उनीहरु रोकिएका छन् । उनीहरु अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन् । उनीहरुलाई सोमबारदेखि स्थानीयवासीले खाने व्यवस्था गरेको देखिन्छ । नेपालतर्फ आउन नपाएपछि दशगजा क्षेत्रमा रहेका नेपालीले सोमबार केही समय नाराबाजीसमेत गरेका थिए ।

कोभिड –१९ को त्रास बढ्दै गएपछि नेपाल पक्षले भारतबाट आउने नेपाली र भारतीय पक्षले नेपालबाट आफ्नो देशतर्फ जाने भारतीयलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन् ।

सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । प्रदेश-५ सरकारले हिजो मात्रै सिमा क्षेत्रमा फसेकाहरुलाई उद्धार गर्ने निर्णय गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने केन्द्रबाट निर्देशन आउनुपर्ने बताएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले भने,‘ प्रदेश ५ सरकारको पनि निर्णय छ तर हामीलाई केन्द्रबाट आउन प¥यो त्यै पनि समन्वयको प्रयास भइरहेको छ ।’ थापाले सिमा क्षेत्रमा रोकिएका नेपालीहरुले अहिले खाना खाइरहेको भन्दै बेलुकीसम्म केही निर्णय आउने जानकारी गराए ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सीमा क्षेत्रमा रहेका नेपालीलाई अहिले नेपालतर्फ आउन नदिइएको बताउँदै भारतीयलाई पनि भारतीय पक्षले आफ्नो देशतर्फ प्रवेश नदिएपछि सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !