१२ श्रावण २०८१, शनिबार

उर्जा मन्त्री पुनले पठाए रोल्पाका लागि स्वास्थ्य सामाग्री

प्रकाशित मिति :  1 April, 2020 3:03 pm


काठमाण्डौं, १९ चैत । 

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले रोल्पाका लागि स्वास्थ्य सामाग्री पठाएका छन् ।

कोरना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री अभाव भइरहेका बेला मन्त्री पुनले आजै सामान पठाएका हुन् । पुनले रोल्पाका १० पालिका र अस्पतालको लागि पीपीई सेट, थर्मल गन, मास्क लगायतका सामाग्री पठाएका हुन् ।

पुनले भनेका छन्,‘रोल्पाका १० पालिका,अस्पताललाई आफ्नो तर्फबाट केही पीपीई सेट, थर्मल गन,मास्क पठाईयो, स्वास्थ्यकर्मीलाई अवश्यपनि थप हौसला मिल्ने छ ।’ मन्त्री पुनका स्वीय सचिवालय सदस्य सन्तोष पुनले सामान आजै सामान रोल्पाका लागि गएको बताएका छन् ।

रोल्पामा स्वास्थ्य सामाग्रीको अभावका कारण कोरोना नियन्त्रण तथा रोकथामका लागि समस्या परेको छ । स्थानीय निकायका प्रमुखहरुले आफ्नो क्षमता अनुसार काम गरेपनि केन्द्र र प्रदेशको सहयोग प्रयाप्त नभएको गुनासो गरेका छन् ।

 

र, यो पनि—



प्रतिक्रिया दिनुहोस !