२० बैशाख २०८१, बिहिबार

तिहारमा सजिएको सहर

प्रकाशित मिति :  23 October, 2022 1:33 pm


काठमाडौं । तिहार झिलिमिली बत्ती र सुन्दर पुष्पको पर्व हो । दीपको पर्व भएकाले तिहारलाई दिपावली पनि भनिन्छ । तिहार आएसँगै हरेकको घर विभिन्न बत्तिहरूको रौनक र सुन्दर फूलहरूको श्रृंगारले सजिन थाल्छ ।

काठमाडौँका व्यापारिक क्षेत्रहरू पनि तिहारको रौनकमा रमझम छ । असन, न्यूरोड, बसन्तपुर,भोटाहीटी आदि क्षेत्रहरूलाई व्यवसायीहरूले विभिन्न झिलिमिलि विजुली बत्तिहरू , कृत्रिम र प्राकृतिक फुलहरूले आ–आफ्ना पसल सजाएका छन् । ग्राहकहरूलाई लक्षित गरेर सिंगारिएका सडक तथा पसलहरूले पुरै सहरलाई नै मनमोहक बनाएको छ ।

तिहार आएसँगै अहिले काठमाडौँका मुख्य व्यापारिक नाकामा अरु दिन भन्दा बढी भीडभाड हुन थालेको छ । अझ विशेष बेलुकीको समयमा असन र न्युरोड क्षेत्रमा भीडभाड हुने गरेको छ ।

पहिले पहिले तेलको प्रयोग गरेर विभिन्न माटाका पालाहरूमा बत्ती बालेर घरलाई सजाइन्थ्यो तर अहिले भने कृत्रिम विद्युतीय बत्तिहरूले व्यक्तिहरूले त्यसको स्थान लिएका छन् । कम जोखिमपूर्ण र लामो समयसम्म टिकाउ हुने भएकाले यस्ता विद्युतीय झिलीमीली त्तिहरूको माग बढेको छ ।

फोटो/प्रियङ्का हमाल



प्रतिक्रिया दिनुहोस !