आज टी–२० विश्वकप फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
प्रकाशित मिति : 13 November, 2022 8:32 am
काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबिच आज प्रतिस्पर्धा हुँदैछ ।
मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो ।
पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी–२० विश्वकप ट्रफी हुनेछ।
दुई टोलीबीच २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो ।








