६ जेष्ठ २०८१, आइतबार

नुनेज चम्कँदा लिभरपुल विजयी

प्रकाशित मिति :  13 November, 2022 8:59 am


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । लिभरपुलले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को सहज जित हासिल गरेको छ ।

ब्राजिलको विश्वकप टोलीमा पर्न असफल भएका रोबर्टो फर्मिन्होले शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै लिभरपुललाई अग्रता दिलाएका थिए तर खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

२१ औँ मिनेटमा उरुग्वेका फरवार्ड डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ४२ औँ मिनेटमा अर्को गोल थप्दे उनले टोलीको जित सुनिश्चित गरे ।

१४ खेलपछि लिभरपुलको २२ अङ्क रहेको छ । टोली लिगको छैटौँ स्थानमा रहेको छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !