अछाम केन्द्रबिन्दु भएर भूकम्प
प्रकाशित मिति : 16 November, 2022 8:08 am
अछाम । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।








